काठमाडौं । गुल्मीमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोले घर पुरिँदा दुवै ठाउँमा गरि ६ भन्दा बढी बेपत्ता रहेको बताइएको छ ।
घटनाबारे थप विवरण आउँन बाँकी छ ।
उद्धारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली त्यसतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकार यदुनाथ पौडेलले बताएका छन् ।