पार्टीलाई देशव्यापी अभियानमा लैजान्छौः प्रचण्ड

Prabhu Bank

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशव्यापी अभियानमा पार्टीलाई लैजाने घोषणा गरेका छन्।

Saftey Pads

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकताको कामलाई अब औपचारिकता दिन मात्रै बाँकी रहेको बताएका हुन्।

उनले पार्टी एकताको सम्पूर्ण काम साउन महिना भित्रै सक्ने र स्थायी समिति र केन्द्रीय समितिको बैठक पनि बसेर देशव्यापी अभियानमा लैजाने घोषणा गरे ।

उनले पार्टी एकता हुन नदिन प्रतिक्रियावादीहरुका तर्फबाट प्रधानमन्त्रीको अफर आएको बताए।

प्रचण्डले कहिले कसैलाई प्रधानमन्त्री बन्ने अफर दिएर पार्टी एकता बिथोल्ने ठूलो प्रयास भएको बताए। तर आफूहरु कसैको लोभ लालच र धम्कीको प्रलोभनमा नपरेको उनको भनाई छ ।

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम
Maruti Cement