अज्ञात समूहद्वारा डोटीको वडा कार्यालयमा आगजनी

Prabhu Bank

काठमाण्डौ । अज्ञात समूहले डोटीको जोरायल गाउँपालिका–४, लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा आगजनी गरेको छ।

Saftey Pads

वडाध्यक्ष नन्दराज भट्टका अनुसार गएराती भएको आगजनीबाट वडा कार्यालयको वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सरसामान जलेर नष्ट भएको हो।

आगजनी किन र कसले गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।

विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ। अज्ञात समूहको आगजनीपछि जोरायल क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  मोबाइलको टावर टिप्न रुख चढ्नुपर्ने !
Maruti Cement