पहिलो खेलमै नेपाल पराजित, कतार ४ विकेटले विजयी

Prabhu Bank

काठमाडौं । टी–२० विश्वकप एसिया छनौटको पहिलो खेलमै कतारसँग ४ विकेटले पराजित हुँदै नेपाल संकटमा परेको छ। प्रतियोगिता जित्दै विश्वकपको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य सहित खेलिरहेको नेपाल यो हारसँगै दबावमा आएको छ।

Saftey Pads

प्रतिस्पर्धात्मक प्रतियोगिता भएकोले १ खेल हारेपनी नेपालको सम्भावना सकिएको छैन । आजको हारको कारण भने नेपालले अरु टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था आएको छ। सिंगापुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गरेपनी तल्लो क्रम नचल्दा १ सय २२ रन मात्र बनाउन सक्यो। इनिङको अन्तिम १५ बलमा १५ रन मात्र बनाएको नेपालले सो क्रममा ६ विकेट गुमाएपछि राम्रो स्कोर बनाउन सकेन ।

पहिलो विकेटको लागि ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्लले ५.५ ओभरमा ४९ रन जोडेपनी पारस आउट भएसँगै नेपाली इनिङ धर्मराएको थियो । विगतको ब्याटिङ क्रममा ठुलो परिवर्तन गर्दै तीन सिनियर ब्याटसम्यान सुरुवाती क्रममा ब्याटिङ गर्न आएका थिए । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक गरिएको यो प्रयोग सफल हुन सकेन ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थान रोयल्स विजयी

लगत्तै ज्ञानेन्द्र मल्ल पनि आउट हुँदा तेश्रो नम्बरमा आएका शरद भेषावकरले उल्लेख्य रन बनाउन नसकेपछि नेपाली इनिङ संकटमा परेको थियो । युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले इनिङ सम्हाल्ने प्रयास गरेपनी अर्को छेउबाट उनलाई साथ नरहेपछि उनको प्रयासले नेपाललाई बलियो स्कोरसम्म पु¥याउन सकेन ।

दीपेन्द्रले नेपालको लागि सर्वा्धिक ३४ रन बनाए । ३५ बलमा १ चौका र १ छक्का प्रहार गरेका उनी १८.३ ओभरमा आउट भएसँगै नेपाली इनिङ खासै अगाडि बढ्न सकेन । त्यस्तै पारसले १७ बलमा ४ चौका १ छक्का सहित २९ रन बनाए भने ज्ञानेन्द्रले २४ बलमा २३ रन बनाए । सोमपाल कामीले ११ रनको योगदान दिए ।

जवाफी ब्याटिङ गरेको कतारले १२ ओभरमा ३ विकेट गुमाउँदै ८६ रन बनाइ जित नजिक पुगेको अवस्थामा नेपाली फिल्डरले कसिलो प्रदर्शन गर्दैै ८ बलमा २ रन आउट पार्दै नेपालको सम्भावना कायम राखेका थिए । त्यसपछिको ओभरमा सम्हालिँदै खेलेको कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनाइ जित हात पारेको छ । सोमबार सिंगापुरसँग पराजित भएको कतारलाई प्रतियोगितामा जित दिलाउने क्रममा ओपनर इनाम उल–हकले ३२ बलमा ६ चौका सहित ४१ रन बनाए ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा कोलकाता ७ विकेटले विजयी

त्यस्तै कमरान खानले २ चौका र २ छक्का सहित १५ बलमा २२ रन बनाए भने नौमान सरकारले नटआउट १५ रन बनाए । नेपालको लागि सन्दीप लामिछानेले ४ ओभरमा ३५ रन दिँदै ३ विकेट लिए भने करन केसीले १ विकेट लिए ।
उत्कृष्ट ब्याटिङ गरेका कतारकार इनाम उल–हक प्लेयर अफ द म्याच चुनिए । नेपालले दोश्रो खेल भोली अर्थात् बुधबार मलेसियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार ७ः१५ मा सुरु हुने तालिका रहेको छ ।

Maruti Cement