ताप्लेजुङमा झुठो विवरण पेश गरी नागरिकता बनाउन खोज्ने दुई जेल चलान

Prabhu Bank

काठमाण्डौ । ताप्लेजुङमा झुठो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

Saftey Pads

भारतको नागाल्याण्ड घर भएका २० वर्षीय राजु चौलागाँई र झापाको दमक निवसी ३४ वर्षीय भीमबहादुर चौलागाईलाई कारागार चलन गरिएको हो।

उनीहरु नागरिकता बनाउने क्रममा गत असार १० गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ परिसरबाटै पक्राउ परेका थिए।

प्रहरीले अनुसन्धान कार्य पुरा गरेपछि जिल्ला अदालतले सोमबार कारागार चलान गरेको प्रहरी निरीक्षक विष्णुबहादुर अड्काले बताए।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङमा व्यवसायिक रुपमा बट्टाई चरा पालन
Maruti Cement