गुल्मी पहिरो अपडेटः मृतक सबैको सनाखत, ५ जना अझै बेपत्ता

काठमाण्डौ । गुल्मीमा पहिरोले घर पुरिँदा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ। पहिरोमा सत्यबती गाँउपालिका ३ ठूलो लुम्पेगका ३२ वर्षीय तिलकुमार तरामु, उनको ९ वर्षीय छोरा दर्शन तरामुको मृत्यु भएको हो।

यसैगरि सोही गाउँपालिकाका वडा नम्बर ४ लिंघाका ६२ वर्षिया छल्ली विक, २८ वर्षीया पम्फा विक, १२ वर्षीया अन्जली विक र १० वर्षीय हेमन्त विकको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिएका छन्।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ४ मा पहिरोका कारण घर पुरिँदा दुवै ठाँउमा गरेर ५ जना अझै बेपत्ता भएका छन्। पहिरोमा परि १ जना घाइते भएका छन्।

अन्य सम्बन्धित समाचार:  साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्धललाई

उद्धारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। घटनास्थल सदरमुकामबाट ठूलो लुम्पेक ३५ किमी र लिंघामा २० किमी टाढा रहेको छ।

भारी वर्षाका कारण ठाउँ(ठाउँमा बाटो भत्किएपछि उद्दारमा पुग्न कठिनाइ भएको प्रजिअ पौडेलले बताए। त्यसतर्फ नेपाल प्रहरीका जनपथ, शसस्त्र, नेपाली सेनाको टोली गएको प्रहरीले जनाएको छ।