पोखरामा गृहकार्य नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ

Prabhu Bank

काठमाडौं । विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा कास्कीबाट एक शिक्षक पक्राउ परेका छन्।

Saftey Pads

साउन ५ गते कास्कीको पोखरा महानगरपालिका २५, हेम्जास्थित हेम्जा बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीया एक विधार्थीलाई गृहकार्य नगरेको भन्दै शिक्षक श्रीराम त्रिपाठीले कक्षाकोठामै कुटपिट गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको उजुरी आएपछि शिक्षक त्रिपाठीलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक कुमार केसीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक जना मृत्यु
Maruti Cement