‘निर्मलाको हत्याकाण्डमा राजनीति भयोः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला हत्याकाण्डलाई राजनीतिक रङ दिन खोजिएको गुनासो गरेका छन्।

मन्त्रालयमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले घटनाको अनुसन्धान जारी रहेको बताउँदै निर्मला हत्याकाण्ड जघन्य अपराध भएको बताएका हुन्।

उनले भने, ‘‘निर्मला प्रकरण पहिलो र नयाँ होइन । भोलि पनि यस्तो घटना हुन सक्छ । पूर्ण नियन्त्रण गर्न सकिँँदैन । अपराधी बचाउन खोजेको भनेर जसरी आरोप लगाइयो, त्यसमा हामीलाई दुःख छ । नागरिक समाज, मिडियाले सबै मिलेर अपराधीलाई कानुनी कठघरमा ल्याउनुपर्छ ।’’

गृहमन्त्री थापाले बलात्कारका घटनाको अनुसन्धानमा प्रहरी ९५ प्रतिशत सफल भएको दाबी गरे । हत्याकाण्डबारे विभिन्न समितिले दिएका प्रतिवेदन अध्ययन गर्दै अगाडि बढ्ने थापाको भनाइ थियो ।

अन्य सम्बन्धित समाचार:  सरकारले गर्‍यो विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा