चट्याङ्बाट सप्तरीमा दुई जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । वर्षासँगै परेको चट्याङ्ले सप्तरीमा दुई जनाको मृत्यु भएको छ।

Saftey Pads

चट्याङ्ले सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डितको ज्यान गएको हो।

खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने क्रममा पण्डितको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगेकामा उपचारका क्रममा मृत्यु भएको छ।

अन्य सम्बन्धित समाचार:  पाल्पा: पहिराेमा पुरिएका तीन जनाको शव फेला
Maruti Cement