शान्तिसुरक्षाको अधिकार प्रदेशलाई हुनुपर्छः सभापति शाह

Prabhu Bank

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले शान्तिसुरक्षाको अधिकार प्रदेशले पाउनुपर्ने बताएका छन् ।

Saftey Pads

रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सभापति शाहले संविधानमै व्यवस्था भएका विषयमा केन्द्रले एकाधिकार गर्न नहुने बताए । “अधिकार बाँडफाँडमा सङ्घले कन्जुस्याइँ गर्नु हुँदैन, प्रजिअ प्रदेशकै मातहतमा हुनुपर्छ” उनले भने ।

सभापति शाहले सरकारको केन्द्रीकृत मानसिकताले केन्द्र, प्रदेश र स्थानीय तहबीचमा असन्तुष्टि बढेको बताउँदै यो समस्यालाई पनि तत्काल समाधान गर्नुपर्ने बताए ।

मुलुक सङ्घीय प्रणालीमा गएका कारण प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने उल्लेख गर्दै उनले सङ्घीयतामा गएका विदेशी मुलुक भारत र पाकिस्तानमा प्रदेशको सुरक्षा प्रदेशकै मातहतमा रहेको उदाहारण समेत दिए ।

अन्य सम्बन्धित समाचार:  पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

उनले थपे “अधिकारको बाँडफाँडमा समस्या छ । प्राकृतिक स्रोत साधनको अधिकार पनि केन्द्रमै छ । यसले गर्दा प्रदेश र स्थानीय तहमा असन्तुष्टि बढेको छ ।”

 

Maruti Cement