विज्ञापनमा क्लिन फिड नीति आवश्यक छः झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले विज्ञापनमा क्लिन फिड नीति आवश्यक रहेको बताएका छन्।

मंगलबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले मुलुकलाई साँस्कृतिक अतिक्रमणबाट स्वतन्त्र बनाउन विज्ञापन नियमनसम्बन्धी विधेयकमा क्लिनफिड आवश्यक भएको बताएका हुन्।

मुलुकको सार्वभौमसत्ताका लागि पनि विज्ञापनसम्बन्धी विधेयकमा क्लिनफिडको व्यवस्था आवश्यक पर्ने उनको भनाइ छ । मंगलबार समितिले क्लिनफिडका विषयमा विज्ञहरुसँग छलफल गरेको छ।

समिति बैठकमा विज्ञको रुपमा आएका लक्ष्मण हुमागाईंले क्लिन फिड लागू नभए नेपालमाथि अहिले भइरहेको साँस्कृतिक अतिक्रमणले निरन्तरता पाउने बताएका थिए।

क्लिन फिड लागू नहुने हो भने नेपालका प्रधानमन्त्री को हो भन्दा अर्को देशको प्रधानमन्त्रीको नाम भन्ने अवस्था आउन सक्ने हुमागाईंले बताए ।

अन्य सम्बन्धित समाचार:  बाटो बिराएकालाई फर्कन प्रचण्ड–माधव समुहको आग्रह