नेपालमा लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई मन्त्री विष्टको आग्रह

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सृजना हुनेगरी नेपालमा लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गरेका छन्।

दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको भन्दै उनले अब नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गरेका हुन्।

दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारले काठमाण्डौमा गरेको कार्यक्रममा उनले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानाकर्षण गराए।

अन्य सम्बन्धित समाचार:  सांसदहरुलाई बुधबारदेखि काेभिड १९ विरुद्धको खाेप दिइने