पाँच हजार घुससहित सुनसरीमा ट्राफिक प्रहरी रङ्गेहात पक्राउ

काठमाण्डौ । पाँच हजार घुससहित सुनसरीमा कार्यरत ट्राफिक प्रहरी रङ्गेहात पक्राउ परेका छन्।

अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवालले काँकडभिट्टा काठमाडौं चल्ने गाडी संचालनमा सहजता गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले पक्राउ गरेको हो।

प्रहरी जवान भरत कटुवाललाई सेवाग्राहीसँगपाँच हजार घुस वापतको रकम लिइसकेको अवस्थामा इटहरी उपमहानगरपालिका वडा नं. ५ स्थित पूर्व–पश्चिम सडकको दक्षिण किनाराबाट उक्त रकम सहित ६ साउनमा रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  बास्तोला मृत्यु प्रकरणः थप एकजनालाई थुनामा राख्ने आदेश