चीनले देशभर २९ हजार फुटबल मैदान बनाउँदै

Prabhu Bank

काठमाडौं ।  चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ ।

Saftey Pads

चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ठ अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको सङ्ख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताएका छन् ।

गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए । डेङफेङले  भने, ‘सबै आकारका फुटबल मैदान गणना गर्दा प्रत्येक स्कुलमा ६०० विद्यार्थीका लागि १ प्रतिशत मात्र मैदान उपलब्ध हुन्थ्यो ।’

सन् २०१५ देखि २०१८ सम्म मुलुकभरका स्कुलमा करिब ३२ हजार फुटबल मैदान निर्माण र स्तरोन्नति गरिएको पनि उनको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको

सन् २०१५ मा चिनियाँ फुटबल सङ्घका साथै शिक्षा, खेलकुद र अर्थ प्रशासनबीच निर्माण भएको संयुक्त कार्यदलले देशका फुटबल मैदानको स्तरोन्नति गर्ने र नयाँ फुटबल मैदान बनाउने निर्णय गरेको थियो ।

Maruti Cement