पार्टीमा अपडेट नहुने कार्यकर्तालाई हटाईन्छः पोखरेल

Prabhu Bank

काठमाण्डौ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीमा निरन्तर अपडेट नहुने कार्यकर्तालाई हटाउने बताएका छन्।

Saftey Pads

धरानमा आयोजित अगुवा कार्यकर्ताको भेलालाई मंगलबार सम्बोधन गर्दै उनले पार्टीमा निरन्तर अपडेट रहने कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताएका हुन्।

कार्यकर्ता र जनताको चाहना अनुसार पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच एकता भएको उल्लेख गर्दै पोखरेलले पार्टी एकीकरणका विषयमा असन्तुष्ट कार्यकर्तालाई सामाजिक सञ्जाल फेसबुकमा जथाभावी पार्टी नेतृत्वविरुद्ध नलेख्न निर्देशन दिए।

उनले केन्द्रीय सदस्य बढी भएका जिल्लामा मात्र धेरै संख्यामा सह–इन्चार्ज तोकिएको प्रष्ट पारे।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
Maruti Cement