विप्लवका दुई कार्यकर्ता तनहुँबाट पक्राउ

Prabhu Bank

काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई स्थानीय नेता तनहुँबाट पक्राउ परेका छन्।

Saftey Pads

प्रहरीले जिल्ला सदस्य नेत्रबहादुर थापा र युवा सङ्गठनका जिल्ला सचिव विष्णुकुमार श्रेष्ठलाई मंगलबार नियन्त्रणमा लिएको हो।

थापालाई व्यास नगरपालिका–२ स्थित गणेशमान चोकबाट र श्रेष्ठलाई व्यास नगरपालिका–३ स्थित मालपोत लाइनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पक्राउ परेका दुवै कार्यकर्ताको साथबाट पार्टीका पर्चा पम्पप्लेटलगायतका सामग्री प्रहरीले बरामद गरेको छ।

विशेष सुराकीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  बल प्रयोग गरी ट्रमा सेन्टर पुर्याइएका डा. केसी डिस्चार्ज
Maruti Cement