बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन

काठमाण्डौ । बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन चयन भएका छन्। मंगलबार मध्यान्ह सार्वजनिक भएको मतपरिणाम अनुसार कन्जरभेटिभ पार्टीका कार्यकर्ताले जोहन्सनलाई बेलायतको प्रधानमन्त्रीमा निर्वा्चित गरेका हुन्।

पूर्वविदेश मन्त्रीसमेत रहेका जोन्सनले बहालवाला विदेशमन्त्री जेरेमी हन्टलाई पराजित गरेका हुन्। औपचारिक रुपमा प्रधानमन्त्रीको घोषणा कामचलाउ प्रधानमन्त्री टेरिजा मेले पदत्याग गरेलगत्तै भोलि बुधबार हुनेछ।

जोहन्सन निर्वा्चित हुने पक्का भएपछि शिक्षामन्त्री रहेका एन्ने मिल्टनले राजीनामा दिएका छन्। प्रधानमन्त्रीमा जोन्सन निर्वा्चित भएको भन्दै संसद भवन अगाडि विरोध प्रदर्शन गरिएको छ।

उनीहरुले वेस्टमिन्सटरअघि नो टु रेसिज्म (जातियता अस्वीकार) नो टु बोरिस जोन्सन (बोरिस जोन्सन अस्वीकार) लेखिएका प्लाकार्डसहित विरोध गरिरहेका छन् ।

त्यसैगरी प्रधानमन्त्री बोरिस जोन्सन भएको भन्दै शिक्षा विभाग मन्त्रीले राजिनामा दिएकी हुन् । उनले जोन्सनको क्याबिनेटमा नबस्ने भन्दै जोहन्सनकै अघि राजिनामा बुझाएकी हुन् । एजेन्सी

अन्य सम्बन्धित समाचार:  जापानसँग वार्ताका लागि दक्षिण कोरिया तयार