विश्वकप छनौटः वर्षाका कारण खेल रद्द हुने सम्भावना

Prabhu Bank

काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनौट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ ।

Saftey Pads

तर वर्षाका कारण खेल रद्द हुने प्रबल सम्भावना रहेको छ । मौसम पूर्वानुमानका अनुसार स्थानीय समय २ बजेसम्म वर्षा हुने उल्लेख गरिएको छ ।

नेपालको खेल नेपाली समयअनुसार दिउँसो २ः१२ मा सुरु हुँदैछ । नेपाली टोलीले खेलअघि वार्मअप गरेपनि टस हुनुभन्दा १० मिनेट अगाडिबाट वर्षा सुरु भएको छ । मौसम पूर्वानुमानका अनुसार अब नेपालको खेल अवधिभर वर्षा हुने बलियो सम्भावना रहेको छ ।

वर्षाले मलेसियाविरुद्ध खेल रद्द भएको अवस्थामा नेपाल अर्को चरण पुग्ने अङ्क गणितीय सम्भावना मात्र रहनेछ ।

आजको खेल रद्द भए मलेसियाले बाँकी खेलमा कम्तिमा एक हार भोगे मात्र नेपाल अगाडि बढ्नेछ ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा मुम्बई इन्डियन्स विजयी

 

Maruti Cement