काठमाडौं । नेकपा एकताको प्रक्रिया अझै लम्बिने सङ्केत देखिएको छ ।
नेकपाका शीर्ष नेताहरूलाई पद भागबन्डा गर्नमै सकस परिरहेका बेला फेरि अर्को विवाद थपिएको छ ।
नेकपाको स्कुल विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठकै कुरा नमिलिरहँदा घनश्याम भुसालले पनि स्कुल विभाग आफूलाई दिनुपर्ने बताएका छन् ।
ईश्वर पोखरेल वा नारायणकाजी श्रेष्ठमध्ये कसलाई स्कुल विभागको जिम्मेवारी दिने भनेर नेकपामा छलफल भइरहेका बेला अर्का नेता भुसालले पनि दाबी गरेका समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
वैचारिक अभियान चलाउँदै आएका भुसालले भनेका छन्, ‘पार्टीभित्र न्याय छ भने स्कुल विभाग मलाई दिनुपर्छ ।’