कार्यालय हिँडेका बैंकका कर्मचारीको रहस्यमय मृत्यु

काठमाण्डौ । सिद्धार्थ बैंक शाखा कार्यालय विर्तामोड झापामा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्।

असार १७ गते मङ्गलबार बिहान ८ बजे कार्यालय जान भनी हिँडेका कनकाई नगरपालिका–७ का ३० वर्षीय गौतमको शव ११ दिनपछि कनकाई सामुदायिक वन क्षेत्रमा भेटिएको हो। स्थानीयवासीसहित आफन्तजनको खोजीकार्य निरन्तररूपमा चलिरहे पनि ११ दिनपछि असार २७ गते शुक्रबारका दिन कनकाई सामुदायिक वन क्षेत्रमा मृतावस्थामा गौतमको शव फेला परेको हो।

दिउँसो १ बजेको समयमा घाँस काट्न आएका स्थानीयवासीले झाडीभित्र नचिनिने अवस्थामा रहेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही दिन घोपामा शव परीक्षण गरेर शनिबारको दिन मात्र कनकाई नदीमा गौतमको अन्त्येष्टि भएको हो । गौतमले एक वर्ष अघि मात्रै प्रेम विवाह गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुरमा प्रहरी–तस्करबीच भिडन्त, एकको मृत्यु

विर्तामोडस्थित कोठामा बस्दै आएका गौतम अघिल्लो दिन बेलुका आफ्नी श्रीमती कल्पना शारिरीकरूपमा केही अस्वस्थ भएपछि विर्ता्सिटी अस्पतालमा भर्ना गरेर रातभरि अस्पताल बसेका थिए ।

बिहान ७ बजेतिर बिरामी श्रीमतीलाई कोठामा पु¥याएको केही समयपछि ‘औषधि राम्ररी खाँदै गर्नु म अफिस हिँडेको’ भनेर ८ बजेतिर निस्केको श्रीमती कल्पनाले बताइन्। बेपत्ता हुनुपर्ने कारणका बारेमा जिज्ञासा राख्दा कल्पनाले त्यस्तो नराम्रो केही नभएको तर कहिलेकाँही भने सामान्य ठाकठुक पर्ने गरेको प्रतिक्रिया दिइन् ।

बैंकको जागिरबाट पैसा कम्ती आउने, आफू पनि मुटुको बिरामी, श्रीमती र आमाको उपचारका लागि पैसा खर्च गरिरहनुपर्ने भएपछि तनावमा परेर यस्तो निर्णय गरेको हुनसक्ने आफूलाई लागेको उनले बताइन् ।

अन्य सम्बन्धित समाचार:  बेपत्ता छोरीको खोजी गरिदिन आग्रह

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, विर्तामोडले गौतमको शव छेउ ‘सुसाइड नोट’समेत भेटेको थियो । भिजेको अवस्थामा भेटिएको नोटमा परिवारसँग गुनासो पोखिएको अनुसन्धान अधिकृतले बताएका छन्। शव परीक्षणको रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरीले बताएको छ ।