योग्यता, क्षमता र रुचिका आधारमा जिम्मेवारी दिनुपर्छः भट्टराई

Prabhu Bank

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले पार्टीमा कार्यविभाजन गर्दा योग्यता, क्षमता र रुचिका आधारमा जिम्मेवारी दिनुपर्ने बताएका छन्।

Saftey Pads

भट्टराईले सामाजिक सञ्जाल फेसबुकबाट अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिँदा पाँच विषयमा ख्याल गर्न आग्रह गरेका छन् ।

नेकपामा कार्यविभाजन र जिम्मेवारी बाँडफाँडका बारेमा बहस भइरहेको बेला उनले भने नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

१. कुनै पनि व्यक्तिलाई उसको योग्यता, क्षमता र रुचिका आधारमा जिम्मेवारी दिऊँ।

२. कुनै पनि व्यक्तिलाई स्थायी रूपमा कुनै जिम्मेवारी नदिऊँ। हरेक वर्षमा सबैको जिम्मेवारी हेरफेर गरौँ।

३. पार्टीमा भूगोल, विभाग र फाँट गरी कामका तीन क्षेत्र छन्। रोटेसनका आधारमा एउटा व्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अवसर दिऊँ।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा

४. प्रत्येक व्यक्तिको कार्य मूल्याङ्कनलाई वैज्ञानिक प्रणालीका आधारमा पारदर्शी बनाऊँ। हरेक वर्ष व्यक्तिको मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरौँ। त्यसका आधारमा पुरस्कृत र दण्डित गर्ने पारिपाटी बसालौँ।

५. कुनै पनि व्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रूपमा दिएको होइन भन्ने कुरा बुझौँ र बुझाऔँ।

Maruti Cement