मौद्रिक नीति आज सार्वजनिक हुने

Prabhu Bank

काठमाडौं । मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ। बुधबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले मौद्रिक नीतिलाई अनुमोदन गरेपछि अपरान्ह ४ बजे होटेल र्याडिसनमा मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो।

Saftey Pads

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीति दिउँसो ४ वजे होटेल र्याडिसनमा सार्वजनिक गर्ने कार्यक्रम तय भएको जानकारी दिए। यसअघि ठूला बैंक मर्जरका बारेमा केही मतभिन्नता देखिएको थियो। नीतिमा फोर्स मर्जर आउने छैन ।

केन्द्रीय बैंक स्रोतहरुका अनुसार मर्ज तथा एक्विजिसनमा जाने वित्तीय संस्थालाई विभिन्न छुटका प्रस्ताव आउन सक्नेछ । मौद्रिक नीतिले बजेटले लिएका लक्ष्य र उद्देश्य पूरा गर्नुपर्ने हुन्छ । ८.५५ को आर्थिक वृद्धि लक्ष्यलाई पूरा गर्ने गरी नीति आउनेछ ।
यसैगरी, बढ्दो ब्यापार घाटा तथा उच्च शोधनान्तर घाटालाई ट्रयाकमा ल्याउने गरी नीति सार्वजनिक हुनेछ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जामा थप विस्तार, आयात निरुत्साहित लगायतका नियमित कार्यक्रमले यसपटक पनि निरन्तरता पाउनेछन् ।

अन्य सम्बन्धित समाचार:  नेप्से परिसूचक झिनो अङ्कले उकालो
Maruti Cement