काठमाण्डौ । धर्म परिवर्तन गराउँदै हिँड्ने ३ जना विदेशी नागरिक पोखराबाट पक्राउ परेका छन्।
कास्की प्रहरीले पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा क्रिश्चियन धर्म प्रचार प्रसार गर्दै हिड्ने टिके ५१५३२४१ पासपोर्ट नम्बर भएका ३७ वर्षीय जापानी नागरिक जिरो सेकिया, टिके ५१५३२४२ पासपोर्ट नम्बर भएका ३७ वर्षीय जापानी नागरिक रेइको सेकिया र एम ३७४३६२०५ पासपोर्ट नम्बर भएका ७३ वर्षीय कोरियाली नागरिक चो युसाङलाई पक्राउ गरेको हो।
उनीहरूलाई बाईबल तथा क्रिश्चियन धर्मसँग सम्बन्धित पर्चा पम्प्लेटसहित पक्राउ गरेको हो। उनीहरुमाथि अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ।