निर्वाचन आयोगले माग्यो स्थानीय तहमा रिक्त भएका जनप्रतिनिधिको विवरण

काठमाण्डौ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ।

२०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकाल पूरा नहुँदै कुनै कारणले पद रिक्त भएको छ भने विवरण पठाइदिन आयोगले माग गरेको हो।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर स्थानीय तहबाट रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ।

आयोगले जिल्ला समन्वय समितिको प्रमुखरउपप्रमुख, नगरपालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष, गाउँपालिकाको प्रमुखरउपप्रमुख र वडाध्यक्ष रिक्त भएको भए तीन दिनभित्र विवरण मन्त्रालयलमा पठाइदिन आग्रह गरेको हो।

मन्त्रालयका शाखा अधिकृत खेमराज जोशीले स्थानीय तहमा पठाएको पत्रमा पटकरपटक पत्राचार गरे पनि स्थानीय तहले विवरण नपठाएको भन्दै विवरण नपठाए प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार हुने चेतावनी दिएका छन्।

अन्य सम्बन्धित समाचार:  नेपाल टेलिभिजनको महाप्रबन्धक र विज्ञापन बोर्ड अध्यक्षका लागि आवेदन माग