जुट्यो संसद् बैठक सञ्चालनको लागि सहमति

Prabhu Bank

काठमाण्डौ । संसद्‌ बैठक सञ्चालनका लागि सहमति जुटेको छ।  प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने शर्तमा संसद्‌ सुचारू गर्ने सहमति भएको हो।

Saftey Pads

सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा भएको  छलफलमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी, सत्ता पक्षका तर्फ बाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो।

यसअघि १ बजेका लागि निर्धारित प्रतिनिधि सभाको बैठक २ः३० का लागि सारिएको छ भने १ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप
Maruti Cement