कर्मचारीलाई चिट्ठी नपाउँदासम्म यथास्थानमै बस्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई पदस्थापन चिट्ठी नपाउँदासम्म यथास्थानमा बस्न निर्देशन दिएको छ। मन्त्रालयले विशेष सूचना जारी गर्दै समायोजनको चिट्ठी नपाउँदा सम्म कार्यरत कार्यालयमै रहन निर्देशन दिएको हो।

पदस्थापनको चिट्ठी कार्यरत संस्थामा पठाउने स्मरण गराउँदै बर्खा र बिपत्तिका बेला स्वास्थ्यकर्मीको विशेष भूमिका हुने भन्दै सतर्क रहन समेत मन्त्रालयले सचेत गरेको छ ।

मन्त्रालयका कर्मचारी प्रशासनका उपसचिव भानुभक्त न्यौपानेद्वारा सूचनामा तत्कालै समायोजनमा पर्नेहरुले कार्यरत संस्था छोड्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने भएकाले चिट्ठी नपाउँदा सम्म र बिपत्तिका बेलामा स्वास्थ्य संस्था छोड्दा झन् समस्या हुने भएकाले तत्काल नछाड्न निर्देशन दिइएको हो।

साथै सम्बन्धित पालिकालाई पनि कार्यरत स्वास्थ्य संस्थाका कर्मचारीलाई अर्को कर्मचारी नआउञ्जेल रवाना नदिन समेत मन्त्रालयले आग्रह गरेको छ।

अन्य सम्बन्धित समाचार:  जेठ तेस्रो साता एसईई परीक्षाको तयारी