शैक्षिक क्षेत्रको निगरानी बढाउन जरुरी छः डा.महत

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डाक्टर रामशरण महतले सरकारलाई शैक्षिक क्षेत्रको निगरानी बढाउन आग्रह गरेका छन्।

सरकारको शिक्षा नीति विषयक नेपाल विद्यार्थी सङ्घले आज काठमाडौमा गरेको कार्यक्रममा डा. महतले शैक्षिक माफियाका कारण सबैले पढ्न पाउने वातावरण नभएको भन्दै निगरानी राख्नु पर्ने बताएका हुन्।

उनले शैक्षिक माफियाका कारण शिक्षा क्षेत्र तहसनहस भएको भन्दै शैक्षिक माफिया नियन्त्रण नगरेसम्म सर्वसुलभ शिक्षा असम्भव रहेको बताए ।

उनले  सर्वसाधारणले निजी विद्यालय र क्याम्पसमा छोराछोरीलाई पढाउन सक्ने वातावरण नभएको भन्दै शिक्षा क्षेत्रमा बढ्दो अराजकता अन्त्य गर्नु पर्नेमा उनले जोड दिए ।

अन्य सम्बन्धित समाचार:  दुर्गममा काम गरेको झुटो विवरण पेस गर्ने ४९ डाक्टरलाई एमडी-एमएस पढ्न रोक