के का लागि धर्म र धर्म परिवर्तन? 

Prabhu Bank

“मन्दिर र स्तुपाहरुमा त भगवानका मूर्तिहरू हुन्छन, मस्जिद र गिर्जाघरमा चाहिँ के हुन्छन् दाइ?“, मेरो भाइ कमलले उत्सुक हुँदै सोध्यो।

Saftey Pads

खासमा मैले बिभिन्न धर्मको बारेमा अध्ययन गरेपनि स-शरीर मस्जिद र गिर्जाघर अर्थात चर्च गएको थिएन, त्यसैले मलाई पनि केही जान्न मन लाग्यो।

भाइ ! अब यो शुक्रबार हाफ स्कूल छ, दिउसो जाउँ न त !एकचोटी काठमांण्डुको घण्टाघर छेउको जामे मस्जिद अनि आइतबार गिर्जाघर पनि जाऊँ।”

मैले एकै वाक्यमा कुरा सकेँ।

त्यो शुक्रवार हामी दुई भाइ त्रिचन्द्र क्याम्पसको पारिपट्टिको गल्ली हुँदै जामे मस्जिदतर्फ लाग्यौं । गल्लीमा दुवैतर्फ बेच्न राखिएका झुन्ड्याइएका खसी बोका थिए त कहिँ पेठा आदि मिठाईहरु, अनि सेंवईका नाङ्लाहरु।

कुनै कुनै पसलमा उर्दू र अरबीमा लेखिएका साइनबोर्ड थिए र सबैतिर मिठो सुवास फैलिएको थियो।

मन्दिर र गुम्बासँग मात्र अभ्यस्त आँखाले एउटा अर्कै सांस्कृतिक विविधता देखे गल्ली शान्त र सुनसान प्रायः गल्लीमा हामी वरिपरि हेर्दै मस्जिदको मुख्यद्वार सामु चप्पल फुकालेर भित्र प्रवेश गर्यौं।

प्रवेशद्वार र मस्जिद परिसरमा हामीलाई रोक्ने कोही थिएन र द्वार खुलै भएको हुनाले हामी भित्र प्रवेश गर्यौं। मस्जिद प्रायः खाली थियो, त्यहाँ न मूर्ति थिए, न फूल न अबिर।

एक कुनामा एक इमाम किब्ला (मक्का अवस्थित दिशा ) तर्फ फर्कि कुरानका सूराहहरु अरबीमा उच्चारण गर्दै इबादत गर्दै थिए। ४०-५० जना एउटै पङ्क्तिमा उठबस गर्दै इमामले गरेझैँ नमाज पढ्दै थिए। म र मेरो भाइ पनि एक पङ्क्तिको अन्त्यमा लामवद्घ भई उनीहरूलाई हेर्दै आज्ञाकारी बालकजस्तो उठबस गर्दै प्रार्थना गर्न थाल्यौ ! वेद र भागवत पढ्न अभ्यस्त हामीले अरबी भाषाका सूराह भने सही उच्चारण गर्न सक्ने कुरै भएन।

हामीले उनीहरूको जस्तो सेतो कपडा र टुप्पी मात्र ढाक्ने टोपी लगाएका थिएनौँ, न हाम्रा लामा दाह्री नै थिए। हामीलाई अलि फरक देखेर एउटा प्रार्थना गरिरहेको युवकले आफ्नो इबादत रोकी हामीलाई ईशाराले बाहिर बोलाए। बाहिर आउँदासाथ उनले सोधे, “ के तपाईंहरू मुस्लिम हो? “

हामी झस्कियौँ, अकमक्क गर्दै अहँ भनेपछि उनी त एकाएक आक्रोशित भई भने, “तिमीहरु मोमिन (अल्लाहका भक्त) हैनौ, नुहाई सेतो कुर्ता र टोपी लगाई इत्र पनि छड़केका छैनौ भने नमाज चलिरहेका बेला कसरी मस्जिद प्रवेश गर्यौ? पाकिस्तान र अफगानिस्तानमा भएको भए आज तिम्रो टाउको काटिन्थ्यो!“

ती युवकले यसो भनिरहँदा मेरो भाइको अनुहार डरले रातो पिरो देखिएको थियो।

उनी उत्तेजित भएको देखेर मैंले शान्त भएर मेरो कुरा पनि सुन्न आग्रह गरेँ।मैले “कुरानको अंग्रेजी अनुवाद पढेको छु, हरेक पाठ बिस्मिल्लाह हीर रहमननीर रहीम अर्थात परम दयालु र कृपालु अल्लाहको नाममा भन्ने सुराहबाट शुरु हुन्छन, त्यस्ता दयावान अल्लाहको घरमा कसरी प्रार्थना हुन्छ भन्ने हेर्न आएका हौं हामी।”भनेर उत्तर दिएँ।

पेठा खांदै मेरो भाइले भन्यो,“यो पेठा हिन्दू या मुसलमान जसले बनाए पनि गुलियो नै हुन्छ, मिठाई अनेक होलान् तर मिठास एउटै हुन्छ हैन र दाइ ? मैले सहि थाप्दै हो भाइ हो भनेँ। वेदमा ईश्वरलाई रसो वै सहः अर्थात प्रभु नै सबै माधुर्यका मूल हुन् भनिएको छ तर अज्ञानवशस हामी यो अनेकतामा एकता देख्दैनौं र जाति, वर्ण र आस्थाका आधारमा बिभाजित भई एक आपसमा लडाई गर्छौं। 

मस्जिदमा सब इबादत गरिरहेका थिए, हामीले पनि त्यसै गरेका हौं। तिमी अल्लाह भन्छौ म ईश्वर भन्छु तर सबका मालिक एक हुन् झैँ लाग्छ मलाई त । सामूहिक प्रार्थनामा सामेल भएकासंग तिमी किन उत्तेजित हुन्छौ?

मेरो कुरा सुनेपछि उनी अलि शान्त भए तर मस्जिदमा नमाज पढ्ने भए धर्म परिवर्तन गरी आऊ भने।

मैले भनें, “ तिम्रो कुरानमा नै अल्लाह सर्वव्यापी भनिएको छ त्यसरी नै ईशोपनिषदमा पनि ईश्वर सबैमा बिद्यमान छन् भनिएको छ। कोही भक्तलाई तिमी प्रार्थना गृहमा प्रवेश गर्नबाट कसरी रोक लगाउन सक्छौ? प्रार्थना गर्न धर्म परिवर्तन गर्नुपर्छ भन्नु त अलि जटील कुरा भएन र? नेपालीहरुको धार्मिक सहिष्णुता हेर बहुसंख्यक हिन्दू भएको काठमांडुको मध्यमा तिमी शान्तिसँग नमाज पाठ गर्न स्वतन्त्र छौ। जसरी तिमीलाई मुस्लिम हुनुमा गर्व छ त्यसरी नै मलाई हिन्दु हुनुमा गर्व छ, तर म धर्म भनेको मानवता र लोकल्याणको पर्याय हो भन्ने मान्छु भनेपछि उनी चुप लागे।

हामी नमस्ते भनी बिदा माग्दा उनी खुदा हाफिज भनी आफ्नै नमाज गर्न फर्किए।

हामीले निस्किंदा पेठा किन्यौं।

पेठा खांदै मेरो भाइले भन्यो,“यो पेठा हिन्दू या मुसलमान जसले बनाए पनि गुलियो नै हुन्छ, मिठाई अनेक होलान् तर मिठास एउटै हुन्छ हैन र दाइ ? मैले सहि थाप्दै हो भाइ हो भनेँ। वेदमा ईश्वरलाई रसो वै सहः अर्थात प्रभु नै सबै माधुर्यका मूल हुन् भनिएको छ तर अज्ञानवशस हामी यो अनेकतामा एकता देख्दैनौं र जाति, वर्ण र आस्थाका आधारमा बिभाजित भई एक आपसमा लडाई गर्छौं।

आज मस्जिद हेरी आयौं भोली गिर्जाघर जाउँ है ! भाइको आग्रहलाई मैले मुन्टो हल्लाएर हस् भनेँ।

अर्को दिन फेरि लाग्यौँ गीर्जाघरतिर। हिजोजस्तै कसैले धर्म परिवर्तन गरेर आउनू भन्ने हुन् कि भन्ने डर चाहिँ अझ शक्तिशाली भईरहेको थियो।

हामी गीर्जाघरको प्राङ्गणमा प्रवेश गर्दा केही चिट्टिक्क परेका टाई सुट लगाएका मान्छेहरु बाईबल अध्ययन गरिरहेका थिए। मैले पनि बाईबल अध्ययन गरेको छु भन्दा एक महाशयले भने “ त्यसो भए त तपाईलाई थाहै होला बाईबल परमेश्वरको एक मात्र सत्य वचन हो र प्रभू येशु परमेश्वरका एक मात्र पुत्र हुन।”
म पनि आफ्नो बिद्वता पोख्न कँस्सिएँ।

मलाई प्रभु येशुको ‘’परेमेश्वरको पित्रृत्व र सम्पूर्ण मानव जातिको भात्रृत्व’ को उपदेश हिन्दु महोपनिषद्को अध्याय ४ को बसुधैव कुटुम्बकम् झैँ लाग्छ। प्रभु येशुको जीवन क्षमा र करुणाको ज्वलन्त उदाहरण हो भनेर भन्दै मैले ‘मत्ति’को सु समाचारको पाँचौं अध्यायको नवौं आयातमा त प्रभू येशुको स्वयमले, “ धन्य ती हुन् जसले शान्ति कायम गर्छन, किनकि तिनीहरु परमेश्वरका छोराहरु भन्निनेछन” भन्नु भएको छ।सबै धर्मका शास्त्र ईश्वरकै वचन हैनन् र? अनि हामी सबै ईश्वरका सन्तान हैनौ र भनेर प्रतिप्रश्न गर्दा त्यहाँ उपस्थित सबै मतिर हेर्न थाले। ती महाशयले थपे, “तर तिम्रा धर्मग्रन्थहरुले मूर्तिपूजा गर भन्छन, मूर्तिपूजा पाप हो !”

हामीलाई मूर्तिपूजकको लान्छना लगाउँदै गर्दा ती महाशयको घाँटीमा क्रशमा टांगिएको येशुको मूर्तिको लकेट झूलिरहेको थियो ! मैले त्यहि लकेटमा साक्षात् देवता देखेँ अनि मनमनै ढोगेँ।

मैले म सनातन धर्ममा बिश्वाश गर्छु र छान्दोज्ञोपनिषदमा सर्व खल्विदं ब्रह्मंः अर्थात परमेश्वर सम्पूर्ण सृष्टिमा व्याप्त हुनुहुन्छ भनिएको छ। सर्वव्यापी ईश्वर मूर्तिमा पनि छन् भन्दा ती महोदय मसँग शास्त्रार्थ गर्न नसकी अर्को कोठामा गए!

उनी गएपछि त्यहाँ उपस्थित २, ४ जना मेरो नजिकै आएर भने, “ ठिक भन्नु भो भाइ, तिनीहरु आफ्नो धर्म मात्रै सही ठान्छन्! “ उनीहरूको कुरा सुन्दा मलाई उनीहरु त्यहाँ धार्मिक आस्थाले ओतपोत हुनुभन्दा पनि आर्थिक लाभ या बिदेश भ्रमण गर्न पाईने आशाले त्यो गिर्जाघरमा आए झैँ भान भयो।

कर्मको आधारमा भएको बर्गिकरण विकृत भएर कालांतरमा बाहुनबाद भो! भेदभाव गर्ने के बाहुन? बा हुन, बा हैनन् ! ब्रह्म जानातीति ब्राह्मणः अर्थात ब्रह्म जानेकोले त सबैमा ईश्वर देख्छ फेरि के को जात-पात? मलाई हिन्दु धर्ममा भएको जातीय असमानताप्रति रोष भयो।

हाम्रो समाजको विकृत जाति प्रथाले पनि धर्म परिवर्तनमा ठूलो भूमिका खेलेको तितो सत्य मेरा आँखै अगाडि आयो।अरु धर्महरुमा आस्थाको आधारमा भेदभाव भएपनि हाम्रो हिन्दु झैं ठूलो सानो जातीय भेदभाव छैन। मान्छेले मान्छेलाई गर्ने भेदभाव धर्मले नसिकाई कसैले आफ्नो स्वार्थपूर्तिका लागि गरेको कुरामा म झन् स्पष्ट भएँ।

कर्मको आधारमा भएको बर्गिकरण विकृत भएर कालांतरमा बाहुनबाद भो! भेदभाव गर्ने के बाहुन? बा हुन, बा हैनन् ! ब्रह्म जानातीति ब्राह्मणः अर्थात ब्रह्म जानेकोले त सबैमा ईश्वर देख्छ फेरि के को जात-पात? मलाई हिन्दु धर्ममा भएको जातीय असमानताप्रति रोष भयो।

गीर्जाघरबाट घर फर्कदै गर्दा हामी पशुपतिनाथ दर्शन गर्न गयौं। चंदन टिका थापी बागमती पारी गयौं। आर्यघाटमा जली रहेका चिताहरु देख्दा हामीलाई बिरक्ति लागेर आयो। हाम्रो मौनताको सन्नाटा तोड्दै भाइले भन्यो, “याद छ दाई ५८ साल जेष्ठमा राजा वीरेन्द्रको अन्तिम संस्कार हुँदै गर्दा यहाँ आर्यघाटमा पाइला टेक्ने ठाउँ थिएन, राजा होस् या रंक आखिर मर्नु त सबले एक दिन छँदैछ, केवल राम्रो काम र नाम मात्रै याद रहने रहेछ।”

हाम्रा नेताहरुलाई सत्ताको किन यति धेरै मोह होला है दाइ? एक दिन मर्नु त छँदैछ देशको लागि केही राम्रो गरि मर्नू नि ! भाइलाई बिचैमा रोकेर मैले भनें , “काल पनि हाम्रा केही नेतादेखि डराएको छ। ३०-४०  बर्ष भैसक्यो तिनै अनुहार छन् , ७० बर्षका बूढा आफैंलाई  युवा नेता भन्छन् !

हामी गफिएकै बेला केही गाईडहरु बिदेशी पर्यटकलाई वारिबाट पशुपतिनाथको गजुर देखाउँदै शिवलिंग सारा सृष्टिको प्रतीक हो भनेर बयान गर्थे! त्यो दृश्य देख्दा मलाई मस्जिद प्रवेश गर्न गरिएको धर्म परिवर्तनको प्रस्ताव र गिर्जाघरमा येशु मात्रै बाटो, सत्य र जीवन भनेको याद आयो। त्यो मलाई चित्त बुझेको थिएन तर के आफ्नो धर्मलाई समुन्द्र झैँ विशाल भन्ने हामी हिन्दू आफूभन्दा भिन्न छालाको रंग भएका अतिथि देवताहरुलाई पशुपतिनाथ दर्शन गर्न नदिने ढोंगीहरुसंग पनि रिस उठिरहेको थियो।

एक घण्टा जति पशुपति क्षेत्रमा बिताई हामी गुह्येश्वरीतर्फ बाट बागमतीतिर झर्दै आफ्नो कोठा जोरपाटीतर्फ लाग्यौं।

बागमती किनाराबाट बौद्धनाथको स्तुपा र प्यागोडा शैलीमा बनाइएको तारागाउँको पाँच तारे होटल हायात रिजेंसीको गजुर टल्कीरहेको थियो। कमल भाइले हायातको गजुरतिर हेर्दै आफ्ना गाउँका बाजेको काठमांडु भ्रमण स्मरण गर्यो। “ दाइ जगत बाजेसँग जोरपाटी आउँदा हायात होटेललाई मन्दिर ठानी ढोग्दिरा के सुड्डाले त !

त्यस्तो प्रणाम पनि भगवान कहाँ पुग्ला र दाई?

म गलल हाँसे, भाइ पनि हाँस्यो।

पुग्ला नि ! सर्वदेवं नमस्कारं केशवं प्रति गच्छति भन्छन्।

अब अतिथि देवो भवः पनि भन्छन्। ती अतिथि देव पशुपतिनाथ दर्शन टाढाबाट गर्छन, हाम्रा बाजे पाँच तारे होटल दर्शन टाढाबाटै गर्छन् ! शिव भक्त भए पशुपति प्रसाद पाइन्छ लक्ष्मीभक्त भए हायातको रिसेप्शन !

मैले ठट्टाको लयमा सत्य बोलेँ।

कुरै कुरामा हामी बौद्धनाथ पुगेछौं।

बौद्धमा पुग्दा बुद्धका आँखामुनि पुगे झैँ लाग्यो!! त्यहाँ शान्ति र सहिष्णुता थियो। ओम् माने पेमे हूँ, मन्त्र गुंजिरहँदा देश बिदेशका पर्यटक बौद्ध स्तुपाको परिक्रमा गरिरहेका थिए। अनेकतामा एकता थियो। त्यहाँ कसैले कसैको धर्म या जाति सोधेको देखिन मैले।बुद्धको शरणमा संघको पनि भाव छ, वास्तविक संघीयता। बुद्धले पाप धर्म,स्वर्ग नर्कको लम्बा चौड़ा बखान भन्दा पनि मानव जातिलाई शान्ति र अहिंसाको पाठ पढ़ाए। संसारमा दुःख छ र त्यो दुःखमाथि विजय पाउन संयमको आवश्यक छ। “संयमित भई बोल, हरेक कार्य शान्त भई सजगताका साथ होश पूर्वक गर।”

बुद्दका प्रिय वचन स्मरण गरेँ मैले।आफैमा बुद्दत्व प्राप्तीको अनुभव भयो।

बुद्ध शान्ति, भाइचारा र सहिष्णुताका प्रतीक हुन्। आनन्द हुन् या अंगुलीमाला सबलाई बुद्धको शरण मिल्छ, यस्ता बुद्धको प्रतिमा तोड्ने कस्ता बुद्धु हुन?

अस्ति भर्खर बुटवलतिर बुद्दका मूर्ति तोड्नेहरु सम्झेर मलाई भाउन्न छुट्यो।

एउटा साँचो आस्तिक जुनसुकै धर्मालम्बी भएपनि कहिल्यै हिंसा या विध्वंशको बाटो चुन्दैन। अहिंसा परमो धर्मस्। तर धर्म ,जाति र क्षेत्रीयताको नाममा राजनीति गर्नेहरुको इतिहाँस लामो छ। धर्मको नाममा बिभाजित भारत र पाकिस्तान होस् या धर्मको नाममा लडिरहने इजरेल र प्यालेस्टाइन जस्ता क्षेत्रहरुमा शान्ति स्थापित गर्न मुश्किल छ र धर्म र साम्प्रदायिकता भड़काई केही समूहहरु सधै राजनीतिक फाईदा उठाई रहन्छन्।

अहिले नेपालमा पनि आफ्नो राजनीतिक स्वार्थ साँध्न केही व्यक्ति र समूह धर्म, जाति र साम्प्रदायिकता भड़काउने प्रयास गर्दैछन्। कुनै फूल पहाडको गुराँस होला त कुनै तराईको प्याउली तर नेपाल आमालाई एकता र सहिष्णुताको धागोले उनेको सयौँ थुङ्गा फूलको एउटै माला नेपाली भनेको त्यसै कहाँ हो र?

नेपालीहरुको स्वाभिमान,मन र आत्मा सधै स्वतंत्र रहेको छ । यो कहिल्यै टूटेन या बदलिएन। अनेकतामा एकता र आ-आफ्नै स्वतन्त्र बालिग मताधिकार प्रयोग गर्नु नै गणतन्त्र नेपालका जनताको स्वधर्म हो। लामो संघर्षपछि उपलब्ध भएको लोकतन्त्रको रक्षा हामीले गर्न सके मात्रै लोकतन्त्रले पनि हाम्रो स्वतन्त्रताको रक्षा गर्न सक्छ।

हामी नेपाली दाजुभाइ तिमी हिन्दु हौँ भने एक असल हिन्दु बनौँ,मुस्लिम हौँ भने अझै असल मुस्लिम बनौँ र क्रिश्चियन हौँ भने अझै असल क्रिश्चियन बनौँ। कुनै धर्मशास्त्रमा पनि भेदभाव गर्नु या एक आपसमा लड भनिएको छैन। एउटा सांचो आस्तिक जुनसुकै धर्मालम्बी भएपनि कहिल्यै हिंसा या विध्वंश को बाटो चुन्दैन। अहिंसा परमो धर्मः

धर्मोरक्षतिरक्षितः

यदि हामी केही पैसा,पद, या सत्ताको लागि राष्ट्रिय अखंडता र सहिष्णुतामा आंच आउने काम गर्छौ भनें त्यो वास्तविक आत्म सम्मान बेची परधर्म अँगाल्नु हुनेछ। राष्ट्रिय अखंडता, सहिष्णुता र स्वाभिमान नै अहिले सबै नेपाली हरुको स्वधर्म हो।गीतामा भनिए झैँ यसको जगेर्ना गर्नु नै श्रेयकर छ।

हामी नेपाली दाजुभाइ तिमी हिन्दु हौँ भने एक असल हिन्दु बनौँ,मुस्लिम हौँ भने अझै असल मुस्लिम बनौँ र क्रिश्चियन हौँ भने अझै असल क्रिश्चियन बनौँ। कुनै धर्मशास्त्रमा पनि भेदभाव गर्नु या एक आपसमा लड भनिएको छैन। एउटा सांचो आस्तिक जुनसुकै धर्मालम्बी भएपनि कहिल्यै हिंसा या विध्वंश को बाटो चुन्दैन। अहिंसा परमो धर्मः

स्वधर्मे निधनं श्रेयस्परधर्मो भयावहःअर्थात अरुको बहकावमा आई नियंत्रित हुनुभन्दा स्वतंत्र भई आफ्नो कर्तब्य पालन गर्नु नै श्रेयस्कर हो।

खप्तड छान्ना गाउँपालिका ५ (पिठातोला) बझाङ
हालस् विद्यावारिधि (रसायनशास्त्र) युनिभर्सिटी अफ म्यासचुसेट्स

Maruti Cement