बाढी प्रभावित क्षेत्रमा सरकारले पुनःनिर्माणको काम गर्छः थापा

Prabhu Bank

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाढी प्रभावित क्षेत्रमा सरकार आफैंले पुनःनिर्माणको काम गर्ने बताएकी छन्।

Saftey Pads

बुधबार सर्लाहीको ईश्वरपुरमा बाढीपीडितलाई राहत वितरण गर्दै मन्त्री थापाले पुनःनिर्माणका लागि क्षतिको विवरण संकलन भइरहेको जानकारी दिइन्। उनले सबै स्थानबाट क्षतिको अन्तिम विवरण आएपछि पुनःनिर्माणको काम अघि बढाउने बताइन्।

मन्त्री थापाले बाढीपीडितका लागि तत्काल आवश्यक पर्ने राहत उपलब्ध गराउन समाजकल्याण परिषद्अन्तर्गत् दर्ता भएका विभिन्न संघ–संस्थासँग आह्वान गरिएको बताइन् । हरेक वर्ष आउने बाढी, पहिरो तथा डुबानको समस्या समाधान गर्न तीनै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा मन्त्री थापाले जोड दिइन् ।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद् पुनर्गठनको तयारी : पहिला संघीय त्यसपछि प्रदेशमा
Maruti Cement