नक्कली सवारी अनुमति पत्र बनाउने दुई धनुषाबाट पक्राउ

Prabhu Bank

काठमाण्डौ । नक्कली सवारी अनुमति पत्र बनाउने दुई जनालाई धनुषामा प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

हंसपुर नगरपालिका वडा नं. ६ का ३४ वर्षिय अलि अकवर मन्सुर र औरही गाउँपालिका वडा नं. ६ का २४ वर्षीय सब्जान मन्सुर रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दुवै जनाले काठमाडौँमा नक्कली सवारी चालक अनुमति पत्र बनाई गाउँघरका मानिसहरुसँग पैसा लिएर वितरण गर्दै आएका थिए।

पक्राउ परेको दुवैजनासँग रहेको ५÷५ थान सवाी चालक अनुमति पत्र बरामद गरी तिनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिएका छन्।

Maruti Cement