छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डौ । जिल्ला अदालत काठमाडौंले निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।बुधबार बहुविवाह मुद्दा दर्ता गर्दै अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

उनीहरु दुबैविरुद्ध पक्राउ पुर्जी आइसकेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले दुबैलाई पक्राउ गरी अनुसन्धान गरिने बताए।

छबिकी पहिली पत्नीले हेमा ओझाले उनीहरु विरुद्ध बहुविवाहको निवेदन दायर गरेकी थिइन्। सोही निवेदन उपर मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरिएको हो।

अन्य सम्बन्धित समाचार:  सुनौली नाकामा तनाव