बाढीपीडितलाई राज्य पक्षले कुनै सहयोग गरेको छैन्ः देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपीडितलाई राज्य पक्षले कुनै पनि सहयोग नगरेको बताएका छन्।

संघीय संसदको प्रतिनिधिसभा बैठकमा बुधबार पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले बाढीपहिरो प्रभावितलाई राहत, उद्धार गर्ने पहिलो दायित्व राज्यको भएको स्मरण गराउँदै तराई–मधेसका बाढीपीडितलाई सरकारले सहयोग नगरेको आरोप लगाएका हुन्।

उनले भारतसँग कूटनीतिक तवरमा छलफल गरेर बाढीको समस्यालाई सधैंका लागि समाधान गर्नुपर्ने बताएका हुन्।
सभापति देउवाले बाढी प्रभावित जिल्लाका भ्रमणका क्रममा आफूले जनता दुःखमा परेका बेला स्थानीय सरकार पनि बाढी प्रभावितसम्म पुगेको नदेखेको उनले संसदमा सुनाए ।

उनले हेलिकप्टरमा चढेर बाढी प्रभावित क्षेत्रको अवलोकन गरिएको प्रति पनि सरकारको आलोचना गरे ।

अन्य सम्बन्धित समाचार:  अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्चमा आक्रमण, बीचमै छोडेर हिँडे