सरकारी छाप किर्ते गर्ने भूमि सुधार कार्यालय पर्साका सुब्बा पक्राउ

काठमाण्डौ । सरकारी छाप किर्ते गर्ने भूमि सुधार कार्यालय पर्साका एकजना नायव सुब्बा पक्राउ परेका छन्।

प्रहरीले सरकारी छाप दस्तखत कागज किर्ते मुदाका अभियुक्त भुमि सुधार कार्यालय पर्साका नायब सुब्बा राज महम्द मन्सुरलाई पक्राउ गरेको हो।

पक्राउ परेका मन्सुरलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी आवशयक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

यसअघि भूमि सुधार कार्यालय पर्साका प्रमुख गम बहादुर विकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्कली मोहीको सटा नक्कली मोही खडा गरि जग्गा बाँडफाड गरेको आरोपमा बिशेष अदालतमा मुदासमेत दायर गराएको छ।

स्रोतका अनुसार सोही मुदाको प्रक्रियामा मन्सुर पनि पक्राउ परेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  नयाँ शैक्षिक सत्र १० महिनाको मात्र