अमेरिकाको थप ड्रोन खसाउने इरानका राष्ट्रपतिको चेतावनी

Prabhu Bank

काठमाडौं । इरानका राष्ट्रपति हसन रूहानीले थप अमेरिकी ड्रोनहरू खसाउने चेतावनी दिएका छन्। पर्सियाको खाडीमा तनाव चुलिँदा उनले यस्तो चेतावनी दिएका हुन।

Saftey Pads

अमेरिकाका अन्य ड्रोनहरूले इरानको एयरस्पेस उल्लंघन गरेमा अघिल्लो महिनामा जस्तै खसाइदिने उनले बताए। अमेरिकी ड्रोन खसाइएपछि ट्रम्पले प्रत्याक्रमण गर्ने आदेश दिएर अन्तिममा फिर्ता लिएका थिए।

यसैबीच तेहरानको मिडियाले बोरिस जोनसन बेलायतको प्रधानमन्त्री भएकै दिन उनको मजाक उडाएका छन्। होर्मुजको जलडमरुमा अघिल्लो साता बेलायती झण्डा फर्फराएको तेल ट्यांकरमा इरानले कब्जा जमाएको थियो र जोनसनले त्यसलाई छुटाउन सम्झौता गनुपर्नेछ।

जोनसनलाई ट्रम्पको कामदारका रूपमा देखाएर उनको कार्यकाल छोटो हुने इरानी मिडियाले लेखेका छन्।
जोनसनले ट्रम्पको नक्कल गर्ने भनी इरानी मिडियाले लेखेका छन्। एजेन्सी

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग
Maruti Cement