काठमाडौं । लमजुङको दोर्दीमा बाढीले बगाउँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
लमजुङको दोर्दी गाउँपालिका ४ मा पर्ने दोर्दी खोलाको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको र ११ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
त्यस्तै पाँच जना गम्भीर घाइते भएका डीएसपी रवीन्द्र गुरुङले बताए । ज्यान गुमाउनेको पहिचान हुन सकेको छैन ।
मृत्यु हुने र बेपत्ता हुनेमा लिबर्टी जलविद्युत आयोजनामा कार्यरत कामदार पनि रहेको प्रहरीले जनाएको छ ।