काठमाडौं । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ ।
फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो ।
बीबीसीले अमेरिकाको सङ्घीय व्यापार आयोग (एफटिसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ ।
एफटिसीका अध्यक्ष जो सिमोन्सले फेसबुकको गोपनीयता उल्लङ्घन घटाउन र गोपनीयताको संस्कृति विकास गर्न जरिवाना लगाइएको जनाएका छन् ।
पछिल्लो समय फेसबुकको गोपनीयतालाई लिएर अनेक प्रश्नहरु उठ्न थालेका छन् ।