तिलिचोभन्दा अग्लो स्थानमा नयाँ ताल भेटियो

काठमाडौं । मनाङमा सर्वाधिक अग्लो ठाउँमा अवस्थित नयाँ ताल फेला परेको छ ।

नेपालको चामे घर भइ हाल अमेरिका बस्दै आएका एक व्यक्तिले गुगलमा एउटा नयाँ ताल देखेका थिए । त्यसपछि चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर घलेलगायत २४ जनाको टोली सोही ठाउँमा पुग्दा त्यहाँ वास्तविक ताल रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

टोली दुई दिन ताल पहिचानको लागि खटेको चामेबाट प्रहरी नायब निरीक्षक राम बहादुर बानियाँले जानकारी दिए । उक्त टोलीले तालको नाम सिङ्गर राखेको बताइएको छ ।

विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल समुद्री सतहबाट ४९१९ मिटरको उचाइमा छ । नयाँ पत्ता लागेको ताल भने ५००२ मिटरको उचाइमा छ ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा फागुन २३ गते संसद् अधिवेशन आह्वान

यो तालको गहिराइ, लम्बाइ र चौडाइ भने पत्ता लाग्न बाँकी छ।