नेकपा सचिवालय बैठक स्थगित

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक पनि स्थगित भएको छ ।

Saftey Pads

दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अर्को बैठक दुई अध्यक्षको छलफलले तय गर्ने पनि उनले बताए ।

कार्यविभाजनमा स्कुल विभागको नेतृत्व कसले  लिने भन्नेमा विवाद बढेपछि सचिवालय बैठक स्थगित भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै स्कुल विभागको नेतृत्वका विषयमा सहमति नभएपछि गएको मङ्गलबार बस्ने भनिएको बैठक पनि बस्न सकेको थिएन ।

अन्य सम्बन्धित समाचार:  नेकपाले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने
Maruti Cement