विमानस्थलबाट १४ हजार १४० केजी रजनीगन्धा बरामद

Prabhu Bank

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुर्तीजन्य पदार्थ रजनीगन्धा बरामद गरिएको छ ।

Saftey Pads

विमानस्थलको अन्तराष्ट्रिय उडानतर्फ भन्सार छली बाहिरी मुलुकमा निर्यात गर्न लागिएको १४ हजार १४० केजी रजनीगन्धा र तुलसी प्रहरीले बरामद गरेको हो ।

उक्त परिमाणको सुर्तीजन्य पदार्थ गत वर्ष फागुन १५ गतेदेखि हालसम्म पटकपटक गरी बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको रजनीगन्धा र तुलसी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयलाई बुझाइएको छ ।

Maruti Cement