ओढारमा १६ किलो सुन भेटियो

Prabhu Bank

काठमाडौं । गोरखाको एक ओढारमा लुकाएर राखिएको अवस्थामा १६ किलो सुन फेला परेको छ ।

Saftey Pads

जिल्लाको धार्चे गाउँपालिका अन्तर्गत खोर्लाबेसी ओढारमा लुकाएर राखिएको अवस्थामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

तिब्बतबाट ल्याएको सुन ओढारमा लुकाएको भन्दै प्रहरीले १ जनालाई पक्राउ गरेको छ । उनी २७ दिन अगाडिदेखि गाउँमा देखिएका थिएनन् ।

स्थानीयले प्रहरीलाई दिएको सूचनाका अनुसार उनले तिब्बतबाट खच्चडमा १६ किलो सुन ल्याएर आएका थिए ।

आफूले ल्याएको सुन लुटिने आशङ्कामा उनले ओढारमा लुकाएको हुन सक्ने प्रहरीको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  भाङ्ग्रेको जोखना
Maruti Cement