शृङ्खला पुगिन् युरोपको अग्लो हिमाल माउन्ट ब्लांकको चुचुरो

Prabhu Bank

काठमाडौं । सन् २०१८ कि मिस नेपाल शृङ्खला खतिवडाले पश्चिम युरोपको अग्लो हिमाल माउन्ट ब्लांकको सफल आरोहण गरेकी छिन् ।

Saftey Pads

उनले मङ्गलबार फ्रान्स र इटालीबीचमा रहेको ४ हजार ८ सय ७ मिटर अग्लो हिमालको आरोहण गर्न सफल भएकी नेपालस्थित फ्रान्सेली दूतावासले पुष्टि गरेको छ ।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको अवसरमा शृङ्खला माउन्ट ब्लांकको शिखरमा पुगेकी हुन् ।  शृङ्खलासँगै ब्लगर सिसम बानियाँ र प्रज्ज्वल थापा मगर पनि चुचुरोमा पुगेका छन् ।

अप्रिलमा २० मा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको छ । दुई देशबीचको ७० औँ वर्षगाँठ कार्यक्रमकी सद्भावना दूतसमेत रहेकी शृङ्खला अहिले युरोप यात्रामा छिन् ।

अन्य सम्बन्धित समाचार:  कारोलिना प्लिस्कोभा फ्रेन्च ओपनको दोस्रो चरणमा

उनलाई युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेपाल आएका बेलामा पौष २०७५ मा सद्भावना दूत नियुक्त गरिएको थियो ।

Maruti Cement