उद्योग वाणिज्य सङ्घ चितवनद्वारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५५ लाख बढी सहयोग

Prabhu Bank

काठमाडौं ।  धुर्मुस सुन्तली फाउण्डेसनको अगुवाइमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ।

Saftey Pads

सङ्घका अध्यक्ष सहनलाल प्रधानले बिहीबार फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल(धुर्मुस)लाई आज सो रकम बराबरको चेक प्रदान गर्दै सहयोग रकम बढाएर एक करोड पुर्‍याउने जानकारी दिए।

यसअघि नै सङ्घले रङ्गशालाका लागि  एक करोड सहयोग गर्ने घोषणा गरेको थियो। गत जेष्ठ १५ मा स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी बार भत्काएपछि निर्माणको काम रोकिएको थियो।

दुई दिनअघि काम शुरु भएसँगै सहयोग रकम जुट्न थालेको छ।

अन्य सम्बन्धित समाचार:  क्यानले तोक्यो क्रिकेट खेलाडीको पारिश्रमिक
Maruti Cement