नेकपामा स्कुल विभाग विवाद बल्झियो, पूर्व एमालेहरूको अलग्गै बैठक 

Prabhu Bank

काठमाडौं। सत्तारुढ नेकपामा स्कुल विभागको नेतृत्व कसलाई दिने भन्ने विवाद बल्झिएको छ।

Saftey Pads

विवादको हल निकाल्न भन्दै नेकपाको सचिवालयमा रहेका सदस्यहरूमध्ये पूर्व एमालेबाट प्रतिनिधित्व गर्ने ६ जना नेताहरूको अलग्गै बैठक बस्ने भएको छ। बैठक बालुवाटारमा सुरु भएको सचिवालय सदस्य झलनाथ खनालले बताए।

यो विभागमा तत्कालीन माओवादीको पनि दाबी छ। दुबै पक्षबाट दुई जना सचिवालय सदस्यहरूको दाबी भएपछि नेकपाले कसलाई नेतृत्व दिने भनेर सहमति गर्न सकेको छैन।

एकाएक स्कुल विभागको जिम्मा पूर्व प्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनाललाई दिने बहस पनि नेकपाभित्र चल्न थालेको छ। यस्तो अवस्थामा तत्कालीन एमालेको बालुवाटारको बैठकलाई महत्वको रुपमा लिइएको छ। आजको बैठकमा स्कुल विभागमा आएको विवाद र मन्त्रीमण्डलको हेरफेरको विषयमा छलफल हुने बुझिएको छ।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement