काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको छ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो। यसअघि १६५ औँ स्थानमा रहेको नेपाल १६६ औँ स्थानमा झरेको छ।
वरीयताको शीर्ष स्थानमा बेल्जियम छ। कोपा अमेरिका विजेता ब्राजिल दोस्रो स्थानमा रहँदा फ्रान्स तेस्रो, इङ्ल्यान्ड चौथो र उरुग्वे पाँचौँ स्थानमा छन्।
दक्षिण एसियाली देशहरूमा भने नेपाल तेस्रो स्थानमा रहेको छ।