काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाललाई नियुक्त गरेको छ।
बिहीबारको नियमित पत्रकार सम्मलेनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्राधिकरणको अध्यक्षमा खनाललाई नियुक्त गरिएको जानकारी गराए।
दिगम्बर झालाई हटाइएपछि उक्त पद खाली थियो।