सभापति देउवाको आग्रह ‘सत्तापक्ष र प्रतिपक्ष मिलेर विपद्को सामना गरौँ’

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सत्तापक्ष  र प्रतिपक्ष नभनी विपद्को सामना गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सभापति देउवाले विपद् व्यवस्थापनमा सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि जानुपर्ने बताएका हुन्।

“मुलुकमा यत्रो ठूला विपद्बाट भयावह अवस्थामा संसदमा रहेका अरु राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्नेबारेमा सरकारले कुनै ध्यान दिएन, अहिले कति ठाउँमा खाद्यान्न पुगेको छैन, कतिले आश्रय पाएका छैनन्, पीडित जनताको अभिभावकका रुपमा काम गर्नुपर्ने सरकारले क्षतिको विवरणसमेत सङ्कलन गर्न सकेको छैन।” सभापति देउवाले भने।

उनले यस्तो विपद्को अवस्थामा सबै मिलेर अगाडि जानु आग्रह गरे। साथै तराई मधेशमा हुने डुबानका सम्बन्धमा भारतसँग कूटनीतिक पहल गरी स्थायी रुपमा समस्या समाधान गर्न पनि सभापति देउवाले सरकारको ध्यानाकर्षण गराए।

अन्य सम्बन्धित समाचार:  बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो: माधवकुमार