तीन महिनाभित्र प्रचण्ड,बाबुरामलाई ‘हेग’मा उभ्याउँछौंः विष्ट

काठमाडौं। बहिर्गमित जनमुक्ति सेनाले अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएका छन।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारले आफ्ना माग पूरा नगरे अन्तराष्ट्रिय फौजदारी अदालत हेग जाने चेतावनी दिएका हुन्।

बहिर्गमित जनमुक्ति सेनाले आफूहरुको पुनःस्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालीन नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत द्वन्द्वसँग जोडिएकाहरूलाई अन्तराष्ट्रिय  फौजदारी अदालतमा उभ्याउने चेतावनी दिएका हुन्।

“कि त प्रभावित बालबालिकाहरूका लागि आवश्यक र उपयुक्त सहयोग गरियोस्, कि त सरकार र सरोकारवाला पक्षले बालसैन्य भर्तीबाट भएको अधिकारको उल्लङ्घनको जिम्मेवारी लिइयोस्” पूर्व बाल लडाकुको संस्था बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय सङ्घर्ष समितिका इन्चार्ज लेनिन बिष्टले भने।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङ दोभान बजारको आगलागी नियन्त्रण बाहिर

उनले आफूहरुको माग पूरा नभए तीन महिनाभित्र प्रचण्ड बाबुरामलगातयका नेताहरुलाई ‘हेग’मा उभ्याउने चेतावनी पनि दिए। सामाजिक न्यायमा आधारित भएर एकमुष्ठ सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर लागू गर्नसमेत उनले जोडदार माग गरे।