‘पूर्वराजा र ‘रअ’का प्रमुखबीच भेट भएको छैनः सचिवालय

Prabhu Bank

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखबीच भेटवार्ता नभएको शाहको सचिवालयले बताएको छ।

Saftey Pads

नेपाल भ्रमणमा आएका ‘रअ’ प्रमुख गोयल्ससँग पूर्वराजाले शाहले पनि भेट गरेको समाचार विभिन्न सञ्चार माध्यमहरुले सार्वजनिक गरेको भए पनि तर पूर्वराजा शाह र ‘रअ’ प्रमुखबीच कुनै किसिमको भेटघाट नभएकोे प्रष्ट पारेको हो।

प्रचारमा ल्याइएका समाचार गलत रहेको भन्दै पूर्वराजाका प्रेस सल्लाहकार डा.फणी पाठकले ‘रअ’ प्रमुखसँग पूवराजाले भेट गरेको भनेर अनर्गल प्रचार नगर्न पनि आग्रह गर्दै भ्रममा नपर्न आग्रह गरेको छ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाइन पत्रीकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहान्छु।

अन्य सम्बन्धित समाचार:  तातोपानी नाका असोज १८ बाट खुल्दै

यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म र समाज प्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु’, पाठकले खण्डन वक्तव्यमा उल्लेख गरेका छन्।

Maruti Cement