प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका होमबहादुर कार्की पक्राउ

Prabhu Bank

काठमाण्डौ । प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका होमबहादुर कार्की पक्राउ परेका छन्।

Saftey Pads

प्रहरीले शुक्रबार छिमेकी ३५ वर्षीय मोहनबहादुर बुढाथोकीलाई २०७३ मंसिर २४ गते बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका उदयपुरको त्रियुगा नगरपालिका ५ दमौतिका ३३ वर्षीय कार्कीलाई प्रहरीले लालपत्ताबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार घटनालगत्तै उनी मलेसिया गएका थिए। पछिल्लो समय मलेसियाबाट काठमाडौं आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०७५ पुस २ गते रेडकर्नर नोटिस जारी गरी खोजी कार्यलाई तीव्रता दिँदै आएको थियो।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मंसिर ३० गते ज्यान गएको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग
Maruti Cement