निर्मला हत्याको एकबर्षः न्यायका लागि राजधानीमा प्रदर्शन

Prabhu Bank

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एक वर्ष पुरा भएको छ।

Saftey Pads

गत वर्ष साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुरा भएको हो।

गत वर्ष साउन ११ गते घर नजिकैको उखुबारीमा उनको शव फेला परेको थियो । यसबीचमा दर्जनभन्दा बढी टोलीबाट घटनाको अनुसन्धानका साथै ४ वटा प्रतिवेदन सार्वजनिक गरियो तर हत्यारा अझै पनि पत्ता लाग्न सकेको छैन्।

यसबिचमा नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय भन्दै राजधानीमा प्रदर्शन गरेको छ। एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

अन्य सम्बन्धित समाचार:  नदीमा दाउरा झिक्न जाँदा बाबुछाेरी बेपत्ता

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ल कार्ड बोकेका प्रदर्शनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा विरुद्ध नाराबाजी गरेका छन्।

संघका पूर्व केन्द्रीय सदस्य रघु कार्कीको संयोजनमा भएको प्रदर्शनमा संघका पूर्व उपाध्यक्ष निलकण्ठ रिजाल, सागर परियार, नेताहरू जयराम लामिछाने, लक्ष्मण पन्थी, पुनम भट्ट, एलिजा ढकाल, पुनम लामा, केबिना कट्टेल, राजु सुनार, दिनेश भुर्तेलसहित नेता कार्यकर्ता सहभागी थिए। उनीहरूले गृहमन्त्री रामबहादुर थापाको राजीनामासमेत मागेका छन्।

Maruti Cement